सन्राइज बैङ्कको शाखारहित बैंकिङ्ग सेवा गौरीगङ्गा न.पा.– ३, कुचैनी कैलालीमा

सन्राइज बैङ्क लिमिटेडले कैलाली जिल्लाको गौरीगङ्गा न.पा.– ३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैङ्कको शाखारहित बैंकिङ्ग सेवा सङ्ख्या १०३ पुगेको छ । बैङ्कले गौरीगङ्गा न.पा.– ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रूपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ ।

सोमबार, मिति २०८०/०२/०१ मा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा गौरीगङ्गा नगरपालिका वडा नम्बर ३, का वडा अध्यक्ष मनिराज जोशी र सभापतिमा बैङ्कका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेवी लगायत अन्य कार्यालयका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सक्ने बैङ्कले जनाएको छ । सो सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरू लिन सक्ने सो बैङ्कले बताएको छ । व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x