नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख २० गते बुधवारका दिन स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधवार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १६ लाख ८३ हजार २५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा बुधवार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x