
साताको चौँथो कारोबार दिन नेप्से परिसूचक शुन्य दशमलव ०४ अङ्कले घटेर २६६२ दशमलव ०९ को विन्दुमा कायम भएको छ ।
रिडी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा ९.६७ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सिंगटी हाइड्रो इनर्जी लिमिटेडका शेयरधनीहरुले ८.६८ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका शेयरधनीहरुले ७.२१ प्रतिशत, घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीहरुले ५.६९ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ४.७३ प्रतिशतका दरले कमाएका छन् ।
यता, सुपरमाई हाइड्रोपावर लिमिटेडको लगानीकर्ताहरूले ६.३९ प्रतिशतले गुमाउँदा शुभम् पावर लिमिटेडका ६.२१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका ५.८० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ का ४.७६ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका ४.५९ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
