आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले मधेश प्रदेशको प्रदेश प्रमुखमा ओम प्रकाश राईलाई नियुक्त गरेको छ। कम्पनीको स्थापना कालदेखि नै कोशी प्रदेशमा विभिन्न जिम्मेवारीमा रहेका राईले कम्पनीका विभिन्न शाखाहरूको शाखा प्रमुख तथा लामो समयदेखि कोशी प्रदेशको प्रदेश उप-प्रमुखको रूपमा काम गर्दै आउनुभएको थियो ।
शाखा सञ्चालन, तालिम, तथा नेतृत्व विकासमा विशेष दक्षता हासिल गरेका राई पूर्वी नेपालको बीमा क्षेत्रमा सफल व्यवस्थापकको रूपमा परिचित हुनुहुन्छ । आईएमई समूहले प्रवर्द्धन गरेको, आईएमई लाइफ इन्स्योरेन्स लिमिटेड, ग्राहक सेवा तथा नवीनतम जीवन बीमा योजना मार्फत छोटो समयमै नेपालको जीवन बीमा क्षेत्रमा फरक पहिचान बनाउन सफल भएको छ । राईको नियुक्तिसँगै मधेश प्रदेशमा जीवन बीमा पहुँच र व्यवसायमा उल्लेखनीय वृद्धिमा सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।
आईएमई लाइफ इन्स्योरेन्सको मधेश प्रदेश-प्रमुखमा ओम प्रकाश राई नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
