ग्लोबल आइएमई बैंक लि.को नामबाट एकीकृत वित्तीय कारोबार सुरु हुँदै, यी दिन सेवा अवरुद्ध रहने

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर पश्चात् ग्लोबल आइएमई बैंक लिमिटेडको नाउँबाट मिति २०७९ / ०९ / २५ (९ जनवरी, २०२३) बाट एकीकृत वित्तीय कारोबार सञ्चालन हुने भएको छ ।

मिति २०७९/०९/२५ गते देखि दुवै संस्थाको एकीकृत कारोबार सञ्चालन हुने हुँदा Data Migration प्रयोजनका लागि मिति २०७९ / ०९ / २३ गते शनिवार र मिति २०७९/०९/२४ गते आइतबार समेत गरी दुई दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैङ्किङ सेवाहरू बन्द रहने बैंकले जानकारी गराएको छ  भने यस अवधिमा ग्लोबल आइएमई बैंक लिमिटेडको मोबाइल / इन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम, एजेन्ट मार्फत हुने रेमिटेन्स सेवा भने यथावत् सञ्चालनमा रहने छ ।

त्यसै गरी मिति २०७९/०९/२२ गते, शुक्रबार, २०७९/०९/२३ गते, शनिबार र मिति २०७९/०९/२४ गते, आइतबारका दिन  बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान हुँदै आइरहेका सम्पूर्ण बैंकिङ्ग सेवाहरू बन्द रहने तथा बैंकको डेबिट कार्ड, अन्तर्राष्ट्रिय कार्ड, e-Com कार्ड, ATM, BOK Smart, BOK Click बाट हुने कारोबार पनि अवरुद्ध रहने बैंकले एक सूचना जारी गर्दै जानकारी गराएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

71.43%
0.00%
14.29%
14.29%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x