वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०७९/८० को फागुन सम्मको अवधिमा २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने फागुन महिनामा १ खर्ब ४ अर्ब ४४ करोड रेमिटेन्स थप भित्रिएको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा भने विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्ष २०७९/८० को फागुन अन्त्यसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ५४.३ प्रतिशतले वृद्धि भई ३,५१,७६१ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १,९२,५५९ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा यस्तो सङ्ख्या २४०.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २३ दशमलव ९ प्रतिशतले वृद्धि भई ८ खर्ब ७६ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो ट्रान्सफर १.६ प्रतिशतले घटेको थियो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशत र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
