सगरमाथा इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले यही फाल्गुन ११ गते २६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि माघ २७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा माघ २६ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा लैनचौर बैङक्वेट, लैनचौर, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको १२.४० प्रतिशत अथार्त वर्तमान १० शेयर बराबर १.२४ शेयर (१०:१.२४) अनुपातमा बोनस शेयर र ०.६५२६ प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश वितरणको प्रस्ताव गरेको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ र  (आ.व.) २०७९/०८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

यस सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (Merger) प्रयोजनका लागि दुवै कम्पनीहरूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य गर्नका लागि नियुक्त मूल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा गाभ्ने गाभिने सम्बन्धमा भएको अन्तिम सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर ८० कित्ता शेयर (१००:८०) कायम हुने गरी निर्धारण गरिएको शेयर आदान प्रदान अनुपातलाई स्वीकृत गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x