नेकाे इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

नेकाे इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश  वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर १८ गते, साँझ ५:०० बजे बसेको सञ्चालक समितिको ४३४ औँ बैठकले  गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १५.७९ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ.व २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम बराबरको बाेनश शेयर र ०.७९ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी बस्ने कम्पनीको साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले बताएको छ।

प्रस्तावित लाभांश गत वर्षकै अनुसार यथावत् नै रहेकाे छ। आर्थिक वर्ष २०७७/७८ मा नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.७९ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x