आदर्श लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल माघ १८ गते, बुधवार अपराह्न ४:३० बजे बसेको सञ्चालक समितिको ७४ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई २१.०५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम रु. ४१ लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र १.०५ प्रतिशतले हुन आउने रकम रु. २ लाख १७ हजार ८९४ रुपैयाँ ७४ पैसा बराबरको नगद (कर प्रयाेजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x