धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ०१ अङ्कले घटेर २१७३ दशमलव १० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ९३ अङ्कले घटेर ४१३ दशमलव ९० को विन्दुमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूह मध्य विकास बैङ्क उपसमूह १८ दशमलव १७ अङ्कले, जलविद्युत उपसमूह २२.२३ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह १० दशमलव ०४ अङ्कले घट्दा वित्त उपसमूह १५ दशमलव ९१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २७.०४ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ६२ अङ्कले, जीवन बिमा उपसमूह ११५.३४ अङ्कले, उत्पादन उपसमूह ४२.१३ अङ्कले, लघुवित्त उपसमूह शून्य दशमलव ९५ अङ्कले, निर्जीवन बिमा ९७.९२ अङ्कले, अन्य उपसमूह ३.२० अङ्कले र ट्रेडिङ उपसमूह १७१.९१ अङ्कले घटेको छ ।