एन आई सी एशिया बैङ्कले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन, अब खातामा सहजै रकम जम्मा गर्न सकिने

एन आई सी एशिया बैङ्कले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ । बैङ्कले काठमाडौँ स्थित न्युरोड विशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिस्टर्ड  अफिस (थापाथली) शाखा, रुपन्देही स्थित बुटवल शाखा, कास्की स्थित पोखरा महेन्द्र पुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित विराटनगर शाखा र पर्सा स्थित वीरगन्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो । क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिन्छ । सो मेसिनबाट यस बैङ्कको खातामा बैंकिङ्ग समय भित्र नगद जम्मा गर्न सक्ने व्यवस्था रहेको बैङ्कले बताएको छ । खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सक्ने यस मेसिनमा रु.५०० र रु.१००० दरका नोटहरू गरी एक पटकमा अधिकतम रु.९९,५०० र दैनिक अधिकतम रु.९,९९,५०० सम्म नगद जम्मा गर्न सक्ने सो बैङ्कले जनाएको छ ।

रकम जम्मा गर्ने प्रक्रियालाई अझ बढी सुरक्षित बनाउने बैङ्कको उद्देश्यअनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड (One Time Password-OTP) कोड प्राप्त हुनेछ । बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिप मार्फत प्राप्त हुनेछ । बैङ्कका कुनै पनि प्रतिनिधि उपस्थित नभई छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफै रकम गन्ने र नक्कली नोटहरू देखिएमा सो नोट छुट्टाउने समेत गर्छ । बैङ्कले देशका विभिन्न स्थानमा सो मेसिनहरू सञ्चालनमा ल्याएपछि नगद जम्मा गर्नकै लागि ग्राहकहरूलाई भौतिक फारम भरी बैङ्कको नगद काउन्टरमा लाइन लागेर लामो समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बैङ्कले विश्वास लिएको बताएको छ । साथै, सो बैङ्कले निकट भविष्यमा यस सेवा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्दै ग्राहकहरूको अत्यावश्यक बैङ्किङ सेवालाई अझ सहज एवं सरल बनाउँदै लैजाने अठोट लिएको सो बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x