सनराइज बैंक र स्मार्टच्वाइस टेक्नोलोजी बिच सम्झौता

सनराइज बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड (SCT) बिच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरूलाई लक्षित गरी स्मार्ट क्यु आर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ ।

सेवा विविधीकरणको यो नयाँ आयाम पश्चात् सनराइज बैंक लिमिटेडका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एप “Sunrise Smart +” प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यु आर (Smart QR) मार्फत गर्न सक्नेछन् ।

सनराइज बैंकको केन्द्रीय कार्यालय गैरिधारामा आयोजित एक समारोह बिच सनराइज बैंकका डिजिटल बैंकिङ्क प्रमुख दिलिप मैनाली तथा स्र्माटच्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले सम्झौता पत्र आदान प्रदान भएको कुरा कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x