ग्लोबल आइएमई बैंक र राजधानी डेरीबिच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि.बिच कृषि कर्जाको सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि.का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गर्नुभएको छ ।
 
समझदारी अनुसार, ग्लोबल आइएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जानकारी दिएको छ ।
कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका कृषकहरूलाई उद्यमी बनाउन पुँजी लगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने अपेक्षा गरेको छ । साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकहरूलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्ने सो बैंकले बताएको छ ।
 
बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरू ल्याई आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । 
 
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x