नबिल बैङ्कद्वारा एनबैंक वेब सेवा शुभारम्भ

नबिल बैङ्कले आफ्नो नयाँ अनलाइन बैङ्किङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैङ्कले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ग्राहकले सो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्याब्लेट वा ल्यापटपको प्रयोग गरी प्रति दिन २० लाख र प्रति महिना ५० लाख रुपैयाँसम्मको अनलाइन बैङ्किङ सेवाबाट रकम पठाउन सक्ने छन् ।

एनबैंक वेबको सहयोगले प्रयोगकर्ता मैत्री बैङ्किङ सेवा विस्तार हुनुका साथै, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैङ्कले जनाएको छ । एनबैंक एप (मोबाइल बैङ्किङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्डको वा क्युआर कोडको प्रयोग गर्न सक्ने बैङ्कले जनाएको छ ।

विनय कुमार रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत – एनबैंक र अपरेसन्स्, भन्नुहुन्छ, “एनबैंक वेभले एनबैंक मोबाइल बैङ्किङ एप जस्तै ओम्नी च्यानल बैङ्किङ अनुभव प्रदान गर्दछ । यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ।“ अनलाइन बैङ्किङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैङ्किङ सेवा नबिलनेट साउन ६ गते देखि बन्द हुने भएको छ । व्यक्तिगत खाता सञ्चालन गर्नु हुने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्नु हुनेछ । उनले थपे, “हाल नबिलनेट प्रयोग गर्ने कर्पोरेट ग्राहकहरूले CorporatePay मा दर्ता गर्नुपर्नेछ ।

“एनबैंक वेब मार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने, र मुद्दती निक्षेप विरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सक्छन् । साथै, nRemit, नबिल बैङ्कको अन्तर्राष्ट्रिय कार्डमा आधारित रेमिटेन्स सेवा पनि एनबैंक वेब मार्फत पहुँच गर्न सक्ने छ । एनबैंकको वेबको सुविधा यो लिङ्क मार्फत https://nbank.nabilbank.com  लिन सकिनेछ ।

एनबैंक वेबले उच्च स्तरको सुरक्षा समावेश गरेको बताउँदै डिसीईओ रेग्मीले भन्नुभयो, “एनबैंकको वेबमा ग्राहकवर्गको जानकारी र लेनदेनहरूको सुरक्षालाई ध्यानमा राखेर हामीले बलियो ईन्क्रिप्शन (strong encryption), दुई–कारक प्रमाणीकरण (two-factor authentication), स्वतः लगआउट सुविधा, र सिम प्रमाणीकरण (SIM verification) लगायतका बलियो उपायहरू मार्फत उच्च स्तरको सुरक्षा प्रस्तुत गरेका छौँ ।"

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x