मेगा क्यापिटल मार्केट्सले आज पाँचौँ वार्षिक साधारण सभा गर्दै

मेगा क्यापिटल मार्केट्स लिमिटेडले यही मङ्सिर १६ गते (आज) ५ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौँमा दिउँसो ३:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको २४.५ प्रतिशतका दरले हुन आउने रकम रु. ४ करोड ९० लाख नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।

सभाले मुख्य कम्पनी मेगा बैङ्क नेपाल लिमिटेड हाल गाभ्न/गाभिने प्रक्रियामा रहेकोले प्रचलित नियमावली बमोजिम अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुसगँ गाभ्न/गाभिने सन्दर्भमा अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरू पुरा गरी अख्तियार निकायबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x