कालिञ्चोक दर्शनले १४ मङ्सिर देखी साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्न लागेको हो । यो वैदेशिक रोजगारीमा रहेका नेपालीले साधारण सेयर खरिदका लागि आवेदन दिन पाउने पहिलो कम्पनी हुने छ । यो कम्पनीले कालिञ्चाेकमा केबलकार सञ्चालन गर्दै आएको छ ।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ भने जारी पुँजीको १८ प्रतिशत अर्थात् १० करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहका नेपालीका लागि निष्कासन गर्नेछ ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानीयले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले २८ मङ्सिर भित्र कम्पनीको आइपिओका लागि आवेदन दिन पाउने छन् । पूर्ण आवेदन नपरेमा स्थानीय बासिन्दाहरूका लागि निष्कासन अवधि पुस १४ गतेसम्म लम्बिनेछ ।
आइपिओ निष्कासनका लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्य स्तरको जोखिम रहेको सङ्केत गर्दछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेगा बैङ्क र सेञ्चुरी बैङ्कका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले आह्वान पत्रमा उल्लेख गरेको छ ।
मङ्सिर १४ बाट कालिञ्चोक केबलकारको आइपिओ, विदेशमा रहेका कामदारलाई पहिलो पटक आरक्षण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
