ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आज वार्षिक साधारण सभा गर्दै, के छन् त प्रस्तावहरू ?

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही कार्तिक २८ गते (आज) वार्षिक साधारण सभा गर्दै छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचाै वार्षिक साधारण सभा वाटरफ्रन्ट रिसाेर्ट, लेकसाईड, पोखरा-१८, कास्कीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ भने सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौधौँ वार्षिक साधारण सभा हाेटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ ।
 
सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/०७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने छन् ।
 
सभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने छन् भने गाभिए पश्चात् बन्ने कम्पनीको नाम नेपालीमा "सूर्यज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड" तथा अङ्ग्रेजीमा "SuryaJyoti Life Insurance Company Limited" कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय गर्ने प्रस्ताव पारित गर्ने छन् ।
 
सभाले कम्पनीहरूको चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ कित्ता शेयर बराबर ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ०.८२४५ कायम गर्ने गरी गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने छन् । 
 
सभाले माथि उल्लेखित कम्पनी एक आपसमा गाभिए पछि कम्पनीको रजिष्ट्रर्ड कार्यालय  विराटनगर, माेरङ्गमा र कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाण्डाैँमा रहने प्रस्ताव पारित गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x