आई.एम.ई लाइफ इन्स्याेरेन्सको नाफा ७५.७८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा कम्पनीले १८ करोड ८६ लाख नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को तेस्रो त्रैमास सम्ममा कम्पनीले ३३ करोड १५ लाख नाफा कमाएको देखिन्छ ।
४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आई.एम.ई लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन ७.७९ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेकाे छ ।
कम्पनीको महाविपत्ती कोषमा १५ करोड ९१ लाख रुपैयाँ रहेको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई ३१ कराेड १७ लाख कमिसन प्रदान गरेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ११ रुपैयाँ ०५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा छ र मूल्य आम्दानी अनुपात ५१.१३ गुणा रहेको छ ।
आई.एम.ई लाइफ इन्स्याेरेन्सको नाफामा ७५.७८ प्रतिशतको वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
