आज माछापुच्छ्रे बैङ्कले २४ औँ वार्षिक साधारण सभा गर्दै



माछापुच्छ्रे बैङ्क लिमिटेडले पौष २९ गते (आज) २४ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभा सभा मण्डप, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्नेछ।


सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्नेछ ।

माछापुच्छ्रे बैङ्क लिमिटेड र अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्न/गाभिन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैङ्कको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनका लागि मूल्याङ्कनकर्ता नियुक्त गर्न, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान पनि सोही सभाले गर्नेछ ।

बैङ्कले साधारण सभाको प्रयोजनका लागि पौष १७ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पाैैष १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x