नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा करिब साढे ६२ अर्बको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको छ । २०७९ को साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपालले आयात गरेको हो । सो अवधिमा नेपालले ६२ अर्ब ४६ करोड ६१ लाख ६८ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार बितेको तीन महिनामा नेपालले भारतबाट २९ अर्ब २९ करोड ८१ लाख २४ हजार रुपैयाँको डिजेल, १८ अर्ब २२ करोड ४४ लाख १५ हजार रुपैयाँको पेट्रोल र १४ अर्ब ९४ करोड ३६ लाख २९ हजार रुपैयाँको एलपी ग्यास आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले १४ अर्ब ९ करोड ५० लाख ३४ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास आयात गरेको थियाे । गत आर्थिक वर्षको साउन देखि असोजसम्म तीन महिनाको अवधिमा नेपालले ४८ अर्ब ३७ करोड ११ लाख ३४ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट आयात गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कले नेपालले सबैभन्दा बढी मूल्यमा आयात गरेको तीन वस्तुमा क्रमशः डिजेल, पेट्रोल र एलपी ग्यास रहेको देखाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x