एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र

वैदेशिक राेजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन् ।  काठमाडाैंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीकाे रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन् ।

अलपत्र परेका जुम्ला तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकी र चन्दननाथ नगरपालिका-२ का लोकबहादुर भण्डारीका अनुसार उनीहरूसहित ४६ जना एकै कम्पनीमा काम गर्दै आएका थिए ।  साउदीकाे लदवा कोल्टी फर्मले ६ महिना मात्रै कामकाे पैसा दिएको अशोकले टोलिफोनमा जानकारी दिए । उनका अनुसार त्यसपछि यहाँ काम गर्ने अबधि सकिएको भन्दै सबै जनालाई पाँच सय मिटर टाढाकाे अर्को कम्पनीमा पठाएको थियाे । 

साउदीको २२ नम्बर गल्लीमा रहेको अवैध कम्पनीले तीन महिनासम्म पारिश्रमिक विनै काममा लगाएको  बुढाथोकी बताउँछन । उनले भने, 'त्यो कम्पनीसँग तीन महिना काम गरेको पारिश्रमिक माग्दा बन्दुक तेर्साएर कुटपिट गर्याे ।' 

कुटपीटपछि  तीन जनालाई प्रहरीको भ्यानमा राखेर  हिरासतमा लिन लागेको थियो । त्यहा काम गर्ने ४६ जना नेपाली कामदार एक जुट भएर सबैलाई लैजान भनेपछि कुटपीट गरी लखेटेको थियो । उनीहरु सबै रफैयास्थित नेपालीले खोलेको एक होटलमा छन् । बुढाथोकीका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ ।

अलपत्र रहेकाहरूले प्रहरी प्रशासन पनि कम्पनीसँग मिलेकाे आराेप लगाएका छन् । बुढाथाेकीले भने, 'म बस्ने ठाउँमा कुनै अस्पताल छैन कुटपिटपछि छाती दुखिरहेकाे छ । घटना भएकाे ठउँबाट अहिले तीन सय किलोमिटर टाढा बसेका छौँ ।'

जुम्लाकै लोकबहादुर भण्डारीको समेत कुटपिटबाट दाँत भाँचिएको उनले बताए । उनले भने, 'आफुसँग पैसा नहुँदा घरबाट २० हजार खोजेर हालिदिन अनुरोध गरेकाे छु । पैसा पाएपछि राजदुतावास गएर टिटी फर्म भर्छु ।'  

उनकी श्रीमती चन्द्रकला पुनले श्रीमानलाई राकमका गेठाना भन्ने रमेश पाण्डे र मेनपावरको प्रतिनिधि प्रकाश बलले विदेश पठाएका हुन् । उनले भनिन्, 'अहिले दुवै जनाले फोन उठाउँदैनन् । पैसा खाए । राम्रो ठाउँमा पठाइदिने भनेकाले प्रलोभवनमा पारियाे । अहिले सास्ती खेप्नुपरेको  छ ।' 

उनीहरूलाई काठमाडौंको जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले जनही दुई लाख ६० हजार  रुपैयाँ लिएर गत ११ फागुनमा साउदी पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x