सानिमा क्यापिटलले आज सातौं वार्षिक साधारण सभा गर्दै

 

सानिमा क्यापिटलले असोज २६ गते (आज) सातौं वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय सममार्ग नक्साल–१, काठमाडौंको सभाकक्षमा अपराह्न ४ः०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७९/०८० काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।


सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्तापुँजीको १५ दशमलव ७८९ प्रतिशतले हुन आउने रू. ३ करोड ९४ लाख ७३ हजार ६८४ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x