प्रभु बैंक लिमिटेड र बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता



ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र कलैंया स्थित बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट कलैंया शाखा कार्यालय प्रमुख मुकेश प्रसाद गुप्ता र बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. का तर्फबाट अध्यक्ष किरण विक्रम शाहद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि.द्धारा सञ्चालित “लजिङ्ग” सेवामा र “फुड” (रु २००० माथीको अर्डर) सेवामा ५ प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएकाे छ ।


उक्त सम्झौता अन्तर्गत बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, रेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x