समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको रु ५ लाख

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ । 

आइतबार आयोजित एक कार्यक्रममा बैंकका का.मु. कार्यकारी प्रमुख श्री महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक श्री बसन्त कुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा बोल्दै का.मु. कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे साथै नेपाल प्रहरीको समुदाय–प्रहरी कार्यक्रलाई सहयोग गरेकोमा महाशाखाको तर्फबाट प्रहरी बरिष्ठ उपरिक्षक पन्तले बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक सुश्री आरती राणा, बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख श्री बसन्तराज रेग्मी तथा बैक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x