ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७४ दशमलव ९३ अंकले बढेर २०३७ दशमलव ६४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ६३ अंकले बढेर ३९१ दशमलव ७८ को विन्दुमा पुगेको छ ।
आज कूल २२७ कम्पनीका ७२ लाख ५४ हजार ७० कित्ता शेयर रु २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह २९ दशमलव ६८ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १२६.७ अङ्कले, होटल तथा पर्यटन उपसमूह १२७.११ अङ्कले, विकास बैंक उपसमूह २०४.४४ अङ्कले, जलविद्युत उपसमूह १०६.०१ अङ्कले, वित्त उपसमूह १००.२८ अङ्कले, निर्जीवन बीमा ३७८.२ अङ्कले, उत्पादन उपसमूह २५०.४२ अङ्कले, अन्य उपसमूह ८६.०२ अङ्कले, लघुवित्त उपसमूह २०४.४२ अङ्कले, जीवन बीमा उपसमूह २९६.०५ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ३८ अङ्कले र लगानी उपसमूह २ दशमलव २ अङ्कले बढेको छ।