म्यानचेस्टर युनाईटेडद्वारा चेल्सीलाई ४-० ले पराजित

ज्ञानमाण्डू।इन्ग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाईटेडले चेल्सीलाई पराजित गर्दै सानदार जित निकाल्न सफल भएको छ । आइतबार भएको सिजनको पहिलो खेलमा युनाईटेडले चेल्सीलाई ४-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राष्फोर्ड, एन्थोनी मार्सियल र ड्यानियल जेम्सको महत्त्वपूर्ण योगदान रह्यो ।

खेलको चौंथो मिनेटमा अब्राहीमको उत्कृष्ट प्रहार ना काम हुँदा सुरुवाती अग्रता बनाउन चुकेको चेल्सीलाई जवाफी गोल फर्कौउदै खेलको १८ औँ मिनेटमा राष्फोर्डले पेनाल्टीद्वारा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । राष्फोर्डकै गोलबाट युनाईटेडले पहिलो हाफसम्म १-० गोलको अग्रता बनायो ।
पहिलो हाफमा १-० ले अग्रता बनाएको युनाईटेडले दोस्रो हाफमा भने थप तीन गोल गर्न सफल भयो । खेलको ६५ औँ मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए । त्यस पश्चात्, ६७ औँ मिनेटमा राष्फोर्डले खेलको व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ३-० ले अग्रता लिना सफल भयो । फेरि, खेलको ८१ औँ मिनेटमा डेब्यु खेलाडी जेम्स ड्यानियलले खेलको निर्णायक गोल गर्दै युनाईटेडलाई ४-० को जित दिलाए ।

जितसँगै युनाईटेडले ३ अङ्कबाट सिजनको सुरुवात गरेको छ । चेल्सीले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x