नव प्रवेशी क्लब सेफिल्ड युनाईटेडले पहिलो जित निकाल्न सफल

ज्ञानमाण्डू।इन्ग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत नव प्रवेशी क्लब सेफिल्ड युनाईटेडले पहिलो जित निकाल्न सफल भएको छ । आइतबार भएको खेलमा सेफिल्ड युनाईटेडले क्रिष्टल प्यालेसलाई १-० अन्तरले हराएको हो ।घरेलु मैदानमा सेफिल्डलाई जित दिलाउन जोन लुन्ड्सट्रामले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफ गोल रहित बाराबारीमा सक्किएको थियो । खेलको ४७ औँ मिनेटमा लुन्ड्सट्रामले गोल गर्दै सेफिल्डलाई १-० गोलको अग्रता दिलाउन सफल भए । जवाफी गोल फर्काउन नसक्दा क्रिष्टल प्यालेसले हार बेहोर्नु पर्‍यो । अन्ततः दुवै टोलीको खेलमा पुन गोल नहुँदा, लुन्ड्सट्रामको गोल निर्णायक बन्न पुग्यो ।

जितसँगै सेफिल्डले २ खेलबाट ४ अङ्क जोडेको छ । पहिलो खेलमा सेफिल्डले बराबरी खेलेको थियो ।क्रिष्टलको यो पहिलो हार हो । पहिलो खेलमा बराबरी खेलेको क्रिष्टलको १ अङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x