फागुनमा विश्व नेपाली साहित्य महोत्सव हुने

ज्ञानमाण्डू।आगामी फागुन ६ देखि १२ गते सम्म सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुने भएको छ। 

नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थलका रूपमा रहेको काली कर्णाली क्षेत्रको गौरव गाथालाई माथि उकास्ने उद्देश्य हेतु सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजना गरिन लागिएको साहित्य महोत्सवमा संसारभरिका नेपाली साहित्यकारको सहभागिता हुने जनाइएको छ ।

नेपाल, भारत, भुटान, बङ्गलादेश, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, जापानलगायत विभिन्न देशमा बसेर नेपाली भाषा र साहित्यको उन्नयन तथा विकासमा समर्पित स्रष्टाको सहभागिता रहने सो महोत्सवले सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिलाई विश्व सामु चिनाउन मद्दत मिल्ने आयोज सुदूर पश्चिमाञ्चल साहित्य समाजको विश्वास रहेको छ ।

सुदूरपश्चिमको कला, संस्कृति, साहित्य, प्रकृति, पर्यटन, विकास, निर्माणका मुद्दा, देवस्थल, सम्पदा तथा पहिचान झल्किने सबै कला संस्कृतिको प्रस्तुति रहने साहित्य महोत्सवमा रु दुई करोड ४४ लाख खर्च हुने अनुमान गरिएको विश्व नेपाली साहित्य महोत्सव २०७६ मूल समारोह समितिका संयोजकले जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सवमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दलगायत बहालवालामन्त्री तथा पूर्व मन्त्री, सङ्घीय तथा प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

महोत्सवको आवश्यक तयारीका लागि एक हजार १११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न समिति तथा उपसमिति पनि गठन गरिएको छ ।  महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको ठम्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x