मितेरी डेभलपमेन्ट बैङ्कको लाभांश प्रस्ताव, हेर्नुहोस् कति दिँदै छ बोनस र नगद लाभांश


ज्ञानमाण्डू।मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर २२ गते, बुधबारका दिन बसेको सञ्चालक समितिको २१२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. ७९ करोड ७३ लाख ७६ हजार ९३७.५० को १३.३० प्रतिशतले हुन आउने १० करोड ६० लाख ५१ हजार १३२ रुपैंया ६९ पैसा रकम बराबरको बोनस शेयर र ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६३८ रुपैंया ५६ पैसा रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा १४ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडले कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.७९ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x