पाल्पा शिक्षा क्षेत्रमा प्रहरीको सहयोग

ज्ञानमाण्डू।जिल्ला प्रहरी कार्यालय पाल्पाले शैक्षिक सामग्री बैङ्क स्थापना गरेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र सामुदायिक सेवा केन्द्र तानसेन पाल्पाको संयुक्त पहलमा यस वर्षदेखि जिल्लाका विपन्न तथा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक दीपेन्द्र जिसीले बताए ।

प्रहरीले जिल्लामा अहिलेसम्म ११ वटा विद्यालयमा अध्ययनरत करिब ४०० विद्यार्थीलाई शैक्षिक सामग्री बाँडेको छ । जिल्लाका २२ व्यक्ति तथा सङ्घसंस्थासँग समन्वय गरी प्रहरीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सहयोग प्रदान गरेको जनाएको छ ।

हरीले प्रति विद्यार्थी छ थान सिसा कलम, ६ थान कापी, पाँच थान डट पेन तथा तीन÷तीन थान मेटाऊ तथा सिसा कलम तिखार्ने वितरण गरेको छ । प्रहरीले माथ गढी गाउँपालिकाको आदर्श प्रावि, सहारा नमुना प्रावि, भूपति प्राथमिक विद्यालय, राम निमावि बगनासकाली, रिब्दीकोट गाउँपालिकाको आदर्श मावि, भगवती प्रावि, बाल सिद्ध प्रावि रामपुर, भैरव निमावि, रैनादेवी छहरा, जन प्राथमिक विद्यालय तिनाउ, जन हित प्रावि तानसेनलगायत विभिन्न पालिकाका विद्यार्थीलाई सामग्री प्रदान गरेको हो ।

घटना न्यूनीकरण गर्न, घरेलु हिंसा तथा ट्राफिक नियम, चेलीबेटी बेचबिखन सन्दर्भमा विद्यालयमा प्रशिक्षण दिँदै जन चेतना फैलाएको प्रहरीले शैक्षिक सामग्री वितरण अभियान चलाउँदा अभिभावक तथा विद्यार्थी खुसी भएका छन् । प्रहरीले अझै करिब ३०० विद्यार्थीलाई सामग्री प्रदान गर्ने बताएको छ । गाउँका विकट भेगमा आर्थिक अभाव भएका अति विपन्न गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्‍याउन पाल्पाका करिब १० वटा सङ्घसंस्थाले प्रहरीसँग हातेमालो गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x