काभ्रेमा २०५ विद्यालय भवन हस्तान्तरण

ज्ञानमाण्डू।राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलान्चोकले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण कार्यलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । 

चौथो ‘राष्ट्रिय पुनः निर्माण प्राधिकरण स्थापना दिवस २०७६’ सम्म आइपुग्दा काभ्रेपलान्चोकमा विसं २०७२ को भूकम्पपश्चात् भइरहेको विद्यालय भवन पुनः निर्माणको क्रममा विद्यालय व्यवस्थापन समितिबाट निर्माण भइरहेका २१९ विद्यालय भवनमध्ये सम्पन्न भएर १७७ हस्तान्तरण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलान्चोकका प्रमुख द्वारिका पोखरेलले जानकारी दिए । अरू बाँकी भवन प्रायः निर्माणको अन्तिम चरणमा रहेको र अब छिट्टै हस्तान्तरण गर्ने अभियानमा जुटिरहेको उनको भनाइ रह्यो । 

त्यस्तै एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा जिल्लामा ४७ विद्यालय भवन निर्माण गर्ने जिम्मा पाएकामा अहिलेसम्ममा २८ निर्माण सम्पन्नपश्चात् हस्तान्तरण गरिसकेको र बाँकी १९ निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । 

एकाइ (शिक्षा)का इन्जिनियर सोभित श्रेष्ठका अनुसार राष्ट्रिय पुनः निर्माण प्राधिकरण स्थापना दिवस २०७६ को अवसर पारेर जिल्लामा भूकम्पपछि पुनः निर्माण गरिएका विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुका साथै बाँकी निर्माणाधीन भवन सम्झौताअनुसार तोकिएको समयमै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरणको प्रक्रियामा लान आवश्यक निर्देशन दिइएको छ । स्थापना दिवसलाई अभियानकै रूपमा लिएर सम्पन्न भइसकेका विद्यालय भवन हस्तान्तरण गर्ने कामलाई उत्तिकै महत्त्वका साथ अगाडि बढाएको श्रेष्ठले बताए । 

भारतीय दूतावासले निर्माण गर्ने भनिएको १० विद्यालय भने अझै निर्माण कार्य सुरु भएको छैन । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का अनुसार ती विद्यालय भवनका लागि ठेक्का आह्वान भइसकेको र केही हप्तापछि निर्माण कम्पनी छनोट भएर कार्यान्वयनमा अगाडि बढ्ने जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x