
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १२ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
विहीबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको देख्न सकिन्छ ।