क्रसर उद्योग सञ्चालनमा रोक


ज्ञानमाण्डू।क्रसर उद्योगले अवैध उत्खनन बढाएको गुनासो बढेपछि उद्योग सञ्चालनमा रोक लगाइने भएको छ । प्राकृतिक सम्पदा र नदी जन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय बुधवार गरेको छ । 

उद्योगले गत आर्थिक वर्ष २०७५⁄७६ को भण्डार (स्टक) विवरण उपलब्ध नगराएको हुँदा हाललाई सबै उद्योग बन्द गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक सुरेशप्रसाद सिंहले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहलाई आआफ्ना क्षेत्रमा रहेका क्रसर तथा बालुवा प्रशोधन केन्द्रको स्टक प्रमाणित गरी पाँच दिनभित्र जिल्ला समन्वय समितिमा पठाउन निर्देशनसमेत दिइएको उनले बताए । 

जिल्लामा १५ स्थानीय तह रहेका छन् । उत्तरी क्षेत्रका बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा अनुमति विनाका क्रसर उद्योग सञ्चालित रहेको जनाइएको छ । सबै प्रक्रिया पूरा गरेका उद्योगलाई मात्र पुनः सञ्चालनको अनुमति दिन सकिने समन्वय समितिका संयोजकसमेत रहनुभएका सिंहले जानकारी दिए । 

चुरे पहाडि शृङ्खला र नदी एवं जग्गामा जथाभावी ठुलठुला यन्त्र लगाएर बालुवा ढुङ्गाको अवैध उत्खनन बढेको जन गुनासो आएपछि जिल्ला समन्वय समिति र प्रदेशसभा–२ को प्राकृतिक स्रोत तथा वातावरण समितिले संयुक्त अनुगमन गर्दै आएका छन् । करिब ५० क्रसर र बालुवा प्रशोधन उद्योगले अनुगमनका क्रममा माग गरिएका कागजात उपलब्ध गराएका थिएनन् ।

आवश्यक कागजात उपलब्ध नगराउने र उत्खनन कार्य जारी राखेका उद्योगलाई पूर्ण रूपले बन्द गराउने निर्णय गरिएको जनाइएको छ । जिल्लाका रातु, मरहा, भब्सी, जङ्घा, बडहरी, सोनी र टुटेश्वरसहतका नदी र नदी उकास जग्गामा क्रसर र बालु प्रशोधन उद्योग सञ्चालित छन् । उद्योगले जथाभावी उत्खनन गर्दा बनेका खाल्डामा परेर बर्षेनी मानवीय क्षति हुँदै आएको छ । अवैध उत्खनन भइरहेको ठाउँमा रोक्न पुगेका धनुषा मिथिला नगरपालिका–५ का दिलीपकुमार महतोलाई टिपरले किचेर गत पुस २५ गते हत्या गरिएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x