हिमाल हेर्न मानहुँकोट जाऔँ

ज्ञानमाण्डू।पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा शनिवार मात्रै एक हजारभन्दा बढी पर्यटक पुगेका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मानहुँकोटको प्रचारप्रसार हुन थालेपछि मानहुँकोटमा आन्तरिक पर्यटकको आगमन वृद्धि हुँदै गएको हो । शनिवार बिदा भएको कारण मानहुँकोटमा बिहानैदेखि पर्यटकको घुइँचो लागेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । “अन्य दिन पनि पर्यटकको चहलपहल भइरहन्छ, तर आज भने मानहुँकोटमा अत्यधिक भीड रह्यो”, श्रेष्ठले भने । केही दिनअघिमात्रै पूर्व राष्ट्रपति डा रामवरण यादवले मानहुँकोटको भ्रमण गरेपछि यस ठाउँको प्रचारका लागि थप टेवा मिलेको उनले बताए ।

मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे , अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले सो स्थान पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । जाडो मौसम भएको र मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै मानहुँकोट पुग्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । “दमौली बजारमा दिउँसो १२ बजेसम्म घाम लाग्दैन, तर मानहुँकोटमा बिहान ७ बजे नै घाम लागिसक्छ”, उनले भने, “बिहानै हिमाल पनि खुल्ने भएकाले हिमालको दृश्यावलोकनका लागि पर्यटक मानहुँकोट पुग्ने गरेका छन् ।” 

वडाध्यक्ष श्रेष्ठका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वडाले ‘हिमाल हेर्न मानहुँकोट जाऔँ’ अभियान सञ्चालन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबैको दायित्व भएकाले वडाले पनि यस अभियानलाई सफल पार्न धेरैभन्दा धेरै पर्यटक मानहुँकोटमा भित्र्याउने लक्ष्य राखेको श्रेष्ठले बताए । 

मानहुँकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि स्थानीयवासीले प्रत्येक घरमा होटेल खोलिसकेका छन् । मानहुँकोट खाजा घर सञ्चालिका रेवती आलेले बिदाको दिनबाहेक मानहुँकोटमा दैनिक दुई/तीन सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको जानकारी दिइन् । 

मानहुँकोटबाट दमौली बजार, मादीनदी, साँगेखोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरू देख्न सकिन्छ । मानहुँडाँडा आफैमा एउटा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरू प्रस्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरिएको छ । 

मानहुँडाँडा पुग्न बाटो कालोपत्रेको काम पनि सुरु भइसकेको छ । सङ्घ सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रका लागि नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रेको काम छिट्टै सुरु हुने बताइएको छ । सोही वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे छ किमी बाटो कालोपत्रका लागि काठमाडौँस्थित रानीबारी कन्स्ट्रक्शन प्रालिले जिम्मा पाएको छ । मानहुँसम्म पुग्ने बाटो कालोपत्र भएपछि पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अनुमान गरिएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x