धितोपत्र बजारमा गिरावट, नेप्से २९७५.८४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६९ दशमलव ०५ अंकले घटेर २९७५ दशमलव ८४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ३३ अंकले घटेर ५५०.५३ को विन्दुमा पुगेको छ ।

आज कूल २२७ कम्पनीका २ करोड ३१ लाख ०९ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २२ दशमलव ९९ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १०६ दशमलव ०१ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४६.७ अङ्कले, विकास बैंक उपसमूह २०५.७४ अङ्कले, जलविद्युत १२४ .२७ अङ्कले, वित्त उपसमूह १०१.४८ अङ्कले, निर्जीवन बीमा ३७२.५८ अङ्कले, उत्पादन उपसमूह १९८.७३ अङ्कले, अन्य उपसमूह ६२.७४ अङ्कले, लघुवित्त उपसमूह १६४.०६ अङ्कले, जीवन बीमा ४४७.९८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १३ अङ्कले र लगानी उपसमूह २ दशमलव ८ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x