सिभिल बैंकको १०७ औं शाखा जितपुरमा


ज्ञानमाण्डू।नेपाल राष्ट्र बैङ्कका मुख्य प्रबन्धक राजन विक्रम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्ण प्रसाद पौडेलले संयुक्त रूपमा सिभिल बैङ्क लिमिटेडको जीतपुर शाखाको समुद्घाटन गरेका छन् । देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख सहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका मुख्य प्रबन्धक राजन बिकम थापाले देशको आर्थिक विकास बैङ्कहरूको सहभागिता बिना हुन नसकिने भएकोले सिभिल बैङ्कले जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको वित्तीय गतिविधिमा टेवा पुग्ने कुरा बताए ।



उक्त कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले जीतपुरमा सिभिल बैङ्कले शाखा खोलेकोमा खुसी व्यक्त गर्दै बैङ्क प्रति कृतज्ञता ज्ञापन गर्नुका साथै सिभिल बैङ्कले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्‍याउने कुरामा विश्वास व्यक्त गरे ।


उक्त अवसरमा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगिक नगरी वीरगन्जसँग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरू रहेको र आफूले बैङ्कको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरू प्रदान गर्ने कुरा बताए । साथै सोही कार्यक्रमबिच सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाइब्रेरीको लागि एक थान कम्प्युटर हस्तान्तरण गरे ।


उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैङ्कका मुख्य प्रबन्धक राजन बिकम थापा, जीतपुर सिमरा उप महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेल, सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

सिभिल बैङ्कको हालसम्म ४,१५,००० भन्दा बढी ग्राहकहरू रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैङ्कको प्रदेश न २ मा यस शाखा समेत गरी १३ शाखा तथा नेपालभर कुल शाखा सङ्ख्या १०७ पुगेको पनि बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x