सिभिल बैंकको १०९ औं शाखा सुनवलमा

ज्ञानमाण्डू।समृद्धिका लागि सिभिल बैङ्क भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकलेआफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बिच सिभिल बैङ्कका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भीम बहादुर थापाले संयुक्त रूपमा सिभिल बैङ्क लिमिटेडको सुनवल शाखाको समुद्घाटन गरेका छन्  ।

सोही अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा सञ्चालित श्री जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरीयो । सो फ्रिज सिभिल बैङ्कका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरियो ।

सुनवल शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भीम बहादुरथापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैङ्कलाई धन्यवाद दिए र नगरवासीलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैङ्कबाट कर्जा लिन आग्रह गर्नु भयो तथा आफूसँग भएको सानो सानो पुँजीलाई पनि बैङ्कमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरेका छन् ।

उक्त अवसरमा सिभिल बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सिभिल बैङ्क सुनवल शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयहरूलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

उक्त समारोहका सभापति तथा सिभिल बैङ्कका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगानाले बैङ्क भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैङ्कको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैङ्कका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना, सुनवल नगरपालिकाका मेयर भीम बहादुर थापा, सिभिल बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, सुनवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश कर्माचार्य, सिभिल बैङ्कका प्रदेश ५ का प्रमुख किरण धमला लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

सिभिल बैङ्कको हालसम्म ४१५,००० भन्दा बढी ग्राहकहरू रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैङ्कको प्रदेश नं ५ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा सङ्ख्या १०९ पुगेको पनि बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x