आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

ज्ञानमाण्डू।पछिल्लो समय भोजपुर नगरपालिका स्थानीयवासीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । स्थानीय स्तरमा पाइने विभिन्न जडीबुटीको सहाराले उनीहरू उपचारमा संलग्न हुन थालेका हुन् ।

भोजपुर नगरपालिका–५ बोखिमका ५६ वर्षीय अर्जुनकुमार राई आयुर्वेद पद्धतिबाट गाउँमै जण्डिस निको भएको अनुभव सुनाउँछन् । “मलाई स्थानीयस्तरको जडीबुटीले रोग निको गरायो ।”उनको भनाइ छ ।

जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी भएको यहाँ जडीबुटी तथा प्रशस्त औषधिजन्य वनस्पति पाइने गरेको छ । सर्वसाधारण स्थानीय स्तरमै पाइने जडीबुटी र प्राकृतिक औषधिजन्य वनस्पतिलगायत वैदिक आर्यूवेदिक उपचार गर्छन् । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको यस अवधिमा सेवा लिन आएका ७६७ मध्ये ६५२ बिरामी नियमित औषधि सेवनबाट निको भएका छन् । केही बिरामी उपचारका क्रममा रहेका छन् । अधिकांशमा जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धीका रोगी भएका कार्यालय प्रमुख दिलीप झाले जानकारी दिए । आयुर्वेदिक उपचार र यसको असर ढिलो हुने भएकाले सर्वसाधारणमा यसको चेतना पूर्णरूपमा पुगी नसकेको उनले बताए ।

विसं २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चूर्ण सर्वसाधारणलाई वितरण गर्न सुरु गरिएको थियो । भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय शाखा, दिङ्ला औषधालय शाखा र ओख्रे औषधालय शाखा गरी चार शाखा छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x