दक्षिण कोरियामा कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु, ५५६ जना सङ्क्रमित

ज्ञानमाण्डू।दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिएको पाइएको छ । 

केहीदिनदेखि सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकोमा शनिवार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ । 

त्यसै गरी मृत्यु हुनेको सङ्ख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरू १०० जना बिरामी रहेका छन् । 

पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् ।

कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौँलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ बर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिँदै गएको अधिकारीहरूले जनाएका छन् । 

कोरियाको डाएगु सहर देशकै चौथो ठुलो सहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन्। 

यसैबिच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताउनु भएको छ ।

सङ्क्रमित हुनेहरूको सङ्ख्या एकाएक अत्यधिक तीव्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले आइतबार जानकारी दिए । 

आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनु पर्ने उनको भनाई छ । 

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरूका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए । 

“सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञहरूको सुझावका आधारमा गरिएको छ,” उनको भनाइ छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x