कसरी करुणा भावले हामीलाई लचिलो हुन मद्दत गर्दछ ?

ज्ञानमाण्डू।मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने कोभिड-१९ को सङ्कटको घडी र लकडाउनले प्रस्तुत गरेको पर्याप्त समयले तपाईंहाम्रो आफ्नै बारेमा रहेका जिज्ञासा र प्रश्नहरूको उत्तर खोज्नका लागि एउटा ठुलो अवसर प्रदान गरेको छ।

विडम्बनाको कुरा, केही व्यक्तिहरू नयाँ परिस्थितिसँग अनुकूलित मात्र नभएर यस अवस्थालाई ठुलो राहत, आराम र छुटकारा भएको महसुस गरी रहेका छन् । अन्य व्यक्तिहरू भने परिस्थितिको सुधार र पुरानै 'सामान्य' जीवनशैलीमा फर्कने आशमा असाध्यै निराश र आतुर देखिन्छन् र हामी मध्ये धेरैमा भने यी दुवै भावनाको मिश्रण रहेको भेटिन्छ ।

यद्यपि, हामी धेरैको लागि, घरमा बस्नु भनेको हाम्रो जीवनको लागि अनौठो तर अचम्मको वेक अप कल हो जुन लकडाउन अघि धेरै व्यस्त थियो । दिनको अन्त्यमा केवल संक्षिप्त समयको लागी आफ्ना बच्चाहरूलाई हेर्ने अभिभावकहरू, अब सँगै बसी एकअर्कासँग बढी समय खर्चने गरेका छन् । महिनौँसम्म नभेटिने घर परिवार र इष्टमित्रहरूसँग लामो समय व्यतीत गर्न थालिएको छ, चाहे त्यो भेटघाट होस या भिडियो कल नै किन नहोस् । त्यहिँ , हामी कोहीले भने कहिल्यै नलिएका जीवनका कठिन र बहादुर निर्णयहरू लिइरहेका छौ ।

परिवर्तित अवस्थाको नतिजाका स्वरूप कोही व्यक्तिमा भने यदि परिस्थिति अनुकूल हुँदै गयो भने परिवार प्रतिको त्यो दायित्व निर्वाह गर्न सक्षम नहुने डर पनि रहेको भेटिन्छ । समयको सीमित गतिको अघि परिवार, इष्टमित्र र कामको दिशा समान स्वरूपले लिएर हिँड्नु निकै चुनौतीपूर्ण कार्य हो । त्यस्तै, हाम्रो मनोवैज्ञानिक दृष्टिकोण, जिम्मेवारी र दायित्व सबैप्रति फरक हुने गर्दछ । हामीलाई एउटा निकै अप्ठ्यारो परिस्थितिसँग समायोजन गर्न पर्ने हुन्छ । राम्रो चाहँदा चाहँदै पनि सबै वा केही पनि राम्रो हुँदैन, यहाँ हामीलाई सन्तुलनको आवश्यकता पर्ने गर्दछ ।

कठिनाइको सामना गर्नुपर्दा हामीले यसलाई सिक्ने, प्रगति गर्ने र फस्टाउने अवसरको रूपमा प्रयोग गर्नु पर्दछ। मानिसहरू अविश्वसनीय रूपले अनुकूलन योग्य हुने गर्दछन् । जसरी हामीले घरमा बस्ने वा घरबाट काम गर्ने प्रवृत्तिलाई सजिलो ढङ्गले स्वीकारेका छौ सोही अनुसार, हामी मध्ये धेरै शायद पहिले कै हाम्रो जीवनको त्यो 'सामान्यता'मा सजिलै फर्कनेछौ अधिक जागरूकता, अधिक सहानुभूति, सन्तुलन र शान्तिको साथ । विगत केही महिनामा हामीले प्रदर्शन गरेको लचिलोपनको मानसिकता, हामी यो सबै सुरु हुनुभन्दा पहिले कत्तिको मानसिक तवरमा स्वस्थ थियौ भन्ने विषयको प्रत्यक्ष परिणाम हो।

एक लचिलो व्यक्ति त्यो हो जसले जीवनका कष्टहरू द्रुत रूपमा पार गर्न सक्षम हुन्छ।


करुणामा आधारित लचकता हाम्रो मानसिक र भावनात्मक शक्तिको अभिवृद्धिका लागि सिर्जना भएको दबाब नभाइ हामी भित्रको कृपा र दया भावको सदुपयोग गर्ने प्रायस हो । दुर्भाग्यवश, लचकता र कष्टहरू द्रुत रूपमा पार गर्ने क्षमताको अर्थ अन्ध विश्वासी भई आफ्ना भावनाहरूलाई बेवास्ता गरी आफैँप्रति कठोर हुनु भने होइन। जतिसुकै गाह्रो वा सजिलो सङ्कटले हामीमाथि घेरा हाली रहोस् , हामीले आफूप्रति देखाउने करुणा भाव कम हुनु हुँदैन । यदि तपाईँ कुनै कठिन परिस्थितिको सामना गर्न डराउनुहुन्छ भने आफूप्रतिको करुणा भावले डरलाई नरम गर्न मद्दत गर्दछ । आफूप्रति कडा रहँदा सामान्यतया अधिक दबाब, चिन्ता, र तनाव उत्पन्न हुने गर्दछ जुन प्रतिक्रियात्मक हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x