लेभल छुट्याइएकालाई कोभिड–१९ अस्पतालमा परिणत

ज्ञानमाण्डू । सरकारले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितको उपचार गर्न वर्गीकरण गरिएका सबै अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरेको छ । 

यसअघि कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न लेभल–१, लेभल–२ र ३ गरी अस्पतालको वर्गीकरण गरिकामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने गरी कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । 
 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लेभल–१, २ र ३ का अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको जानकारी दिएका छन् । “तीन वटै लेभलका अस्पतालमा नियमित भइरहेका सेवामा कोभिड–१९ का सङ्क्रमित आए पनि उपचार गर्नुपर्ने निर्णय गरिएको छ”, उनले भने, “जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र निजी अस्पताल सबै यसअघि लेभल–१, लेभल–२ र लेभल–३ भनेर गरिएको निर्णयलाई खारेज गरी सबैलाई कोभिड–१९ अस्पतालमा परिवर्तन गरिएको छ ।” ती कोभिड अस्पतालले अब कोभिडको सङ्क्रमण भए पनि, नभए पनि सबै सेवा दिनुपर्ने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x