गुराँस लघुवित्तमा राेजगारीकाे अवसर, +2 पास हुनेका लागि सुनौलो अवसर



Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको इजाजतपत्रप्राप्त १ नं. प्रदेश स्तरीय यस गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लागि कार्यक्रम संचालन तथा विस्तार गर्न तपसिल बमोजिमको रिक्त पदहरु स्थायी रुपमा पूर्ति गर्नु पर्ने भएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र (२०७९ श्रावण ३१ गते कार्यालय समय भित्र) इच्छक नेपाली नागरिकले नागरिकता, शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रका प्रतिलिपिहरु तथा हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहीत तल उल्लिखित ठेगानामा दरखास्त दिनुहुन आव्हान गरिन्छ । वित्तीय संस्थाको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरु कारण खोली वा नखोली अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्द गर्ने सबै अधिकार यस वित्तीय संस्थामा सुरक्षित रहनेछ ।

 
१. विज्ञापन नं., पद, श्रेणी, न्यूनतम शैक्षिक योग्यता र अनुभव :

विज्ञापन नं. :
०१/०७९/०८०

पद :  कनिष्ठ सहायक

श्रेणी :  सहायक श्रेणी

संख्या : केही

न्यूनतम शैक्षिक योग्यता :  प्रविणता प्रमाण पत्र तह/प्लस टु वा सो सरहको परिक्षा उर्तीण गरेको।

अनुभब : फाराम भर्ने अन्तिम मितिसम्ममा लघुवित्त वित्तीय संस्थामा कम्तिमा १ वर्षको कार्य अनुभव हासिल गरेको।


विज्ञापन नं. :
०२/०७९/०८०

पद :  सहायक प्रशिक्षार्थी

श्रेणी : सहायक श्रेणी

संख्या : केही

न्यूनतम शैक्षिक योग्यता : प्रविणता प्रमाण पत्र तह/प्लस ट वा सो सरहको परिक्षा उर्तीण गरेको।

२. परीक्षाको किसिम : अन्तरवार्ता

३. उमेरको हद : दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हद ५ वर्ष थप गरिएको छ।

Click here to join viber community for all Vacancy Updates.

४. विशेष प्राथमिकता : सवारी साधन (मोटरसाइकल / स्कुटी) अनुमतीपत्र भएका, Result Oriented , हिमाली तथा ग्रामिण क्षेत्रका विपन्न वर्गहरुसंग काम गर्न रुचाउने उमेदवारलाई विशेष प्राथमिकता दिइनेछ ।

५. परीक्षा दस्तुर : परीक्षा दस्तुर वापत रु. ३००। अन्तरवार्ता परीक्षामा सामेल हुने समयमा बुझाउनु पर्ने ।
काम गर्नु पर्ने कार्यालय : छनौट भएका उम्मेदवारहरुले वित्तीय संस्थाले खटाएको जुनसुकै कार्यालयमा रही काम गर्नुपर्नेछ ।
 

६. दरखास्त फाराम तथा बुझाउने ठाउँ : दरखास्त फाराम वित्तीय संस्थाको वेवसाइट www.guranslaghubitta.com.np को career भित्र रहेको Application Form डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । उक्त फाराम भरी सोही फारामसाथ नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र अनभवका प्रमाण पत्रको प्रतिलिपिहरु र सवारी साधन अनुमती पत्रको प्रतिलिपि संलग्न गरी संस्थाको कर्पोरेट कार्यालय पुष्पलालचौकको इमेल [email protected] मा इमेल मार्फत वा वित्तीय संस्थाको कर्पोरेट कार्यालय पुष्पलालचौक, शाखा कार्यालय धनकुटा । सम्पर्क नं. ९८०२७५१३७७), शाखा कार्यालय रामपुर, ओखलढुङ्गा (सम्पर्क नं.९८०२७५१३९७), शाखा कार्यालय जोरपोखरी, पाँचथर (सम्पर्क नं. ९८०२७५१३८४),शाखा कार्यालय राजावास, उदयपुर (सम्पर्क नं.९८०२७५१३६१) मा बुझाउन सकिनेछ । संस्थाले तोकेको आवेदन नभरेमा त्यस्तो आवेदनलाई छनौट सूचीमा संलग्न गराईने छैन।

Click here to join Gyanmandu.com's Viber Community

७. छनौट प्रक्रिया : प्राप्त आवेदनहरु वित्तीय संस्थाको नियमानुसार छानबिन गरी छनौट सूची तयार गरिनेछ । छनौट सूचीमा परेका उम्मेदवारहरुलाई अन्तरवार्ता हुने मिति, समय र स्थान सम्बन्धमा वित्तीय संस्थाको कर्पोरेट कार्यालयको सूचना पाटीमा सूचना प्रकाशन गरी जानकारी गराईनेछ । सहायक प्रशिक्षार्थी पदका उम्मेदवारहरुलाई फिल्ड अवधारणा कार्यक्रममा सहभागी गराईनेछ र फिल्ड अवधारणमा सामेल भएका उम्मेदवारलाई मात्र अन्तरवार्तामा सामेल गराईनेछ । कनिष्ठ सहायक पदमा सफल उम्मेदवारलाई परीक्षणकालमा नियुक्त गरिनेछ । सहायक प्रशिक्षार्थी पदमा सफल उम्मेदवारलाई प्रशिक्षणमा राखिनेछ । प्रशिक्षणमा सफल उम्मेदवारलाई मात्र कनिष्ठ सहायक पदको परीक्षणकालमा नियुक्त गरिनेछ । परीक्षणकालमा नियुक्त कर्मचारीको परीक्षणकालमा कार्यसम्पादन संतोषजनक भएमा मात्र स्थायी नियुक्ति दिइनेछ।

८. अन्य कुराहरु : वित्तीय संस्थाको नियमावली र पदपूर्ति समितिको निर्णय बमोजिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x