आइएयुको एशोसियट सदस्यमा पहिलो नेपाली मनोनीत

ज्ञानमाण्डू। खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन (आइएयु) मा पहिलोपटक नेपालीको प्रवेश भएको छ । डेढ दशक अघिदेखि नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) स्थापना गरी नेपालमा खगोल विज्ञानको अध्ययन अनुसन्धानमा काम गर्दै आउनुभएका संस्थापक अध्यक्ष सुरेश भट्टराईलाई आइएयुले एशोसियट सदस्य पदमा मनोनयन गरेको हो । यसअघि सन् २०१८ देखि भट्टराईले आइएयुको नेपाल प्रतिनिधिका रुपमा काम गर्दै आउनुभएको थियो ।

भट्टराईलाई आइएयु अफिस फर एष्ट्रोनोमी आउटरिच जापान कार्यालयको सिफारिसमा युनियनको मुख्यालय पेरिसले एशोसिएट सदस्य पदमा मनोनयन गरेको हो । भट्टराई विसं २०७३ देखि त्रिचन्द्र क्याम्पस घण्टाघरमा भौतिक विज्ञान विषयको आंशिक उपप्राध्यापकका रुपमा समेत कार्यरत हुनुहुन्छ । सदस्य नियुक्त भएपछि उहाँले नेपालमा खगोल विज्ञानको शिक्षा, जनसम्पर्क, सम्पदा तथा संस्कृतिको क्षेत्रमा पनि काम गर्ने कार्ययोजना रहेको जानकारी दिनुभयो । खगोल विज्ञान क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थासँग समेत सहकार्य गरिने जनाइएको छ ।

वेदको एक अङ्गका रुपमा रहेको ज्योतिषले समेत केही खगोलका विषयमा अध्ययन गर्ने परम्परा ऋषिमुनिको पालादेखि चल्दै आए पनि त्यसको समन्वयात्मक अनुसन्धान हुन सकेको छैन । यस सम्बन्धमा समेत काम गर्ने भट्टराईको योजना छ । युनियनमा १०० देशका १३ हजार ५०० भन्दा बढी खगोलविद् सदस्य छन् । सन् १९१९ स्थापना भएको युनियनको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ । खगोल विज्ञानको क्षेत्रमा काम गरेका व्यक्तिलाई युनियनको एशोसिएट सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । युनियनमा हाल १०२ एशोसिएट सदस्य छन् ।

iau
खगोल विज्ञानमा विद्यावारिधि गरेकालाई युनियको कनिष्ठ सदस्यता दिने गरिएको छ । हाल ७१७ जना युनियनका कनिष्ठ सदस्यका रुपमा कार्यरत छन् । नासोलाई युनियनको राष्ट्रिय सदस्यता प्राप्त गर्ने गरी मानवीय स्रोत तयार पार्ने काम भइरहेको सोसाइटीले जनाएको छ । भारत, चीनलगायत १०० देश युनियनको राष्ट्रिय सदस्य छन् । विकासोन्मुख देशका खगोलविद्लाई पर्यवेक्षक र अन्तरिम सदस्यका रुपमा सहभागी गराउने नीति पनि युनियनको रहेको सोसाइटीले जनाएको छ ।

युनियनमा रहेका नौ विभागका सदस्यलाई व्यक्तिगत सदस्यता दिने गरिएको छ । हाल युनियनका ११ हजार ९९ व्यक्तिगत सदस्य छन् । व्यक्तिगत सदस्यता पाएर पनि खगोल विज्ञानको क्षेत्रमा सक्रिय रुपमा काम नगर्नेलाई तीन÷तीन वर्षमा हुने साधारणसभाका अवसरमा निष्कासन गर्ने गरिएको छ । खगोल विज्ञानको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्ति वा संस्थालाई युनियनले मानार्थ सदस्यता प्रदान गर्ने गरेको छ । हाल नौ जना युनियनका मानार्थ सदस्य छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x