सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ ४ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात साेमबार माघ ३ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा किनबेच हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x