धितोपत्र बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २४१६ को विन्दुमा


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २४१६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव १२ अंकले घटेर ४३६ दशमलव ८० को विन्दुमा पुगेको छ ।



आज कूल २१२ कम्पनीका १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर रु ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ मा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ मध्ये मात्र २ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ १७ दशमलव ३ अङ्कले घट्दा विकास बैंक ३२.६८ अङ्कले, जलविद्युत् २०.३२ , वित्त १२.३२ , निर्जीवन बीमा १६७.८८, उत्पादन ८७.५८, अन्य ८४.३५, लघुवित्त ५६.४३, जीवन बीमा ४५२.५३, सामूहिक लागनी कोष ०.१३ र लगानी उपसमूह  २ दशमलव २६ अङ्कले घटेका छन् । त्यस्तै, यता ट्रेडिङ उपसमूह ३०६ दशमलव ५४ अङ्कले बड्दा होटल तथा पर्यटन उ पसमूह ३५ दशमलव १७ अङ्कले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x