
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बिहिबार चैत ५ गतेका दिन एक वाणिज्य बैंक सहित एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सेन्चुरी कमर्सियल बैंक लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल ६३ लाख १० हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बिहिबार सूचीकृत भएको सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांस स्वरूप आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ बोनस शेयर वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा बिहिबार सूचीकृत भएको हो।नेपाल स्टक एक्सचेन्जमा बिहिबार सेन्चुरी कमर्सियल बैंकको कुल ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै, सूचीकृत भएको महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा बिहिबार सूचीकृत भएको हो।नेपाल स्टक एक्सचेन्जमा बिहिबार महिला सहयात्रा लघुवित्तको कुल १ लाख २१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।