माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस (Contact Less) कार्ड

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लि. ले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्धेश्यले कन्ट्याक्ट लेस (Contact Less) कार्ड सेवा सुरु गरेको जानकारी दिएको छ ।



आम ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस (Contact Less) कार्ड सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ । कन्ट्याकलेस (Contact Less) कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी POS (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ’ट्याप एण्ड पे’ सुविधायुक्त POS मा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

कन्ट्याकलेस (Contact Less) कार्ड अन्र्तगत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी रु. २००० सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता नपर्ने तथा २००० भन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्नेबैंकले थप जानकारी दिएको छ । बैंकले उक्त सेवा आफ्ना अधिकांश POS मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको जनाएको छ । उक्त सुबिधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस (Contact Less) कार्ड लिन सक्नु हुने बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x