सिद्धार्थ इन्स्योरेन्सद्वारा १५.८% लाभांस वितरण गर्ने घोषणा


ज्ञानमाण्डू।सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको मिति २०७७ साल चैत्र ११ गते, वुधवार दिन अपरान्ह ३:३० वजे बसेको सञ्चालक समितिको १७१ औं बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १५ दशमलव ७८९४ प्रतिशतले हुन आउने बोनस शेयर एवं नगद लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी  रु. १ अर्वको १२ प्रतिशतले हुन आउने रकम रु. १२ करोड वरावरको बोनस शेयर तथा ३ दशमलव ७८९४ प्रतिशतले हुन आउने रकम रु. ३ करोड ७८ लाख ९४ हजार ७ सय ३६ रुपैया ८४ पैसा ( प्रस्तावित वोनस शेयर एवं नगद लाभांसमा लाग्ने कर समेत ) वरावरको नगद लाभांस समेत गरी कुल १५ दशमलव ७८९४ प्रतिशतले हुन आउने लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक वीमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले जानकारी दिएको छ ।

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले हाल कायम एक अर्व रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि इन्स्योरेन्सको पुँजी १ अर्व १२ करोड रुपैयाँ पुग्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x