धितोपत्र बजारमा २७.४१ अंकको वृद्धि, नेप्से परिसूचक २६४५.८४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढेर २६४५ दशमलव ८४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ३५ अंकले बढेर ४७५ दशमलव १२ को विन्दुमा पुगेको छ ।



आज कूल २१८ कम्पनीका ७५ लाख ७९ हजार ००३ कित्ता शेयर रु ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह ३ दशमलव ६१ अङ्कले बड्दा ट्रेडिङ उपसमूह १९ दशमलव ६१ अङ्कले, होटल तथा पर्यटन ११.४६ अङ्कले, विकास बैंक १८.०८ अङ्कले, जलवि द्धुत १५.९८ अङ्कले, वित्त १०.२३ अङ्कले, निर्जीवन बीमा ३४६.०३ अङ्कले, उत्पादन १३३.६४ अङ्कले, अन्य उपसमूह ७९.५५ अङ्कले, लघुवित्त ५०.१८ अङ्कले, जीवन बीमा १३७.८२ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०५ अङ्कले र लगानी उपसमूह १ अङ्कले बढेको छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x