नेपाल इन्भेष्टमेण्ट बैङ्क र हिमालयन बैङ्कको मर्जर सफल भएमा कस्तो होला मर्जर पश्चातकाे बैङ्क ?



ज्ञानमाण्डू। नेपाल इन्भेष्टमेण्ट बैङ्क र हिमालयन बैङ्क एक आपसमा मर्जरमा जाने भन्ने समाचार विभिन्न सञ्चार माध्यममा हामीले देख्न वा सुन्न सकिन्छ। लामो समय देखि यी दुई ठुला बैङ्कको मर्जर सम्बन्धी कुराकानीले नेपाली बजारमा राम्रै चर्चा पाएको छ। विभिन्न समाचार माध्यमलाई आधार मान्ने हो भने हिमालयन बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्क एक बराबर एकको स्वापमा मर्जरमा जाने आङ्कलन गर्न सकिन्छ । यसको अर्थ दुवै बैङ्कका शेयर धनीको शेयर कित्तामा कुनै फरक पर्ने छैन।

यदि मर्जर सफल भएमा कस्तो हुनेछ त मर्जर पछिको बैङ्क?

पुँजीको आधारमा नेपालकै ठुलो बैङ्क : हिमालयन बैङ्कको चुक्ता पुँजी १० अर्ब ६८ करोड रहेको छ भने नेपाल इन्भेष्टमेण्ट बैङ्कको चुक्ता पुँजी १६ अर्ब २६ करोड रहेको छ। एक बराबर एक स्वाप अनुसार मर्जर पश्चातकाे बैङ्कको चुक्ता पुँजी करिब २७ अर्ब हुनेछ। अहिले ग्लोबल आइएमईको चुक्ता पुँजी सर्वाधिक २१ अर्ब रहेको छ तर हिमालयन बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्ककाे मर्जर पश्चात बन्ने बैंक चुक्ता पुँजीकाे आधारमा नेपालकै ठुलो बैङ्क बन्ने छ।

जगेडा कोष २१ अर्ब माथि : दुवै बैङ्कको जगेडा कोष जोड्दा २१ अर्ब ७७ करोड पुग्नेछ।

निक्षेप सङ्कलन र कर्जा लगानीमा पनि बन्ने छ देशकै ठुलो बैङ्क : दुवै बैङ्कमा सङ्कलन भएको निक्षेप जोड्दा २ खर्ब ९८ अर्ब हुनेछ भने कर्जा लगानी २ खर्ब ७७ अर्ब पुग्नेछ। अहिले सबै भन्दा धेरै निक्षेप सङ्कलन एनआईसी एशिया बैङ्कको २ खर्ब ७५ अर्ब रहेको छ भने एनआईसी एशियाले नै २ खर्ब ४७ अर्ब कर्जा प्रवाह गरेको छ।

९ महिनाको नाफा ४ अर्ब माथि हुने : ९ महिनाको नाफा अर्थात् आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमास सम्म हेर्दा हिमालयन बैङ्कको खुद मुनाफा १ अर्ब २९ करोड रहेको छ भने नेपाल इन्भेष्टमेण्ट बैङ्कको खुद मुनाफा २ अर्ब ८५ करोड रहेको छ। दुवै बैङ्कको नाफा जोड्दा ४ अर्ब १३ करोड हुनेछ।

वितरण योग्य मुनाफा : ९ महिनाको वितरण योग्य मुनाफा हेर्दा हिमालयन बैङ्कको वितरण योग्य मुनाफा ८५ करोड रहेको छ भने नेपाल इन्भेष्टमेण्ट बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ३९ करोड रहेको छ। दुवै बैङ्कको वितरण योग्य मुनाफा जोड्दा २ अर्ब २३ करोड हुनेछ।

कम्पनीका महत्त्वपूर्ण अनुपातहरू : खराब कर्जा हेर्दा नेपाल इन्भेष्टमेण्ट बैङ्कको खराब कर्जा २ दशमलव ३२ प्रतिशत छ भने हिमालयन बैङ्कको खराब कर्जा शून्य दशमलव ८१ प्रतिशत रहेको छ।

प्रति शेयर नेट्वर्थ : नेपाल इन्भेष्टमेण्ट बैङ्कको प्रति शेयर नेट्वर्थ १८६ रुपैयाँ ७१ पैसा हुँदा हिमालयन बैङ्कको १७१ रुपैयाँ ८१ पैसा रहेको छ।

वार्षिक प्रति शेयर आम्दानी : नेपाल इन्भेष्टमेण्ट बैङ्कको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा छ भने हिमालयन बैङ्कको वार्षिक प्रति शेयर आम्दानी १६ रुपैयाँ ५ पैसा रहेको छ।

यी दुई बैङ्कको मर्जर सफल भएमा मर्जर पश्चातकाे बैङ्क नेपालकै ठुलो बैङ्क बन्ने छ र अन्य बैङ्कलाई पनि मर्जरमा जान दबाब सिर्जना गर्ने देखिन्छ।

नोट : यो हिमालयन बैङ्क र नेपाल इन्भेष्टमेण्ट बैङ्क बिच मर्जर हुन्छ कि हुँदैन भन्ने विषयमा केन्द्रित समाचार होइन, मर्जर सम्भव भए पश्चताको तथ्याङ्क मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x